-साङ्केतिक तस्बिर

उपनिर्वाचनका लागिआजबाट निर्वाचन शिक्षा कार्यक्रम सुरु

Hollywood Khabar November 19,2019 Comments

५ मंसिर,काठमाडौं। निर्वाचन आयोगले यहि मंसिर  १४ गते हुने उपनिर्वाचनका लागि आजबाट निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ।बिहीबारबाट शुरु मतदाता निर्वाचन शिक्षा कार्यक्रम  ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।उपनिर्वाचन हुने क्षेत्रका प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ ।

उनीहरुले घरघरमा गएर मत बदर नहुने किसिमले मतदान गर्ने तरिका सिकाउने छन् ।यहि मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते  उपनिर्वाचन हुदैछ।