-एनआरएनए अमेरिका:एकिकृत एनआरएन भन्दै शक्तिशाली टिम समन्वयमा अध्यक्षका उम्मेदवार के सी

एनआरएनए अमेरिका:एकिकृत एनआरएन भन्दै शक्तिशाली टिम समन्वयमा के सी

Hollywood Khabar March 27,2021 Comments

हलिउडखबर, मार्च २७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१७-२०१९ कार्यकालको बोर्ड सदस्य तिलक के सी २०२१-२०२३ कार्यकालमा अध्यक्ष पदका लागि उम्मेदवार हुन्।

प्राय लो-प्रोफाइलमा बस्न रुचाउने तिलक के सीले यो पटक एनसीसी अमेरिकाको अध्यक्षको उम्मेदवार भएर पनि तामझाम गरेको देखिएको छैन। न मिडियामाबाजीमा न त फेसबुकवालमा नै चर्चा। सबैतिर सामान्य मानिएका के सीको चुनावी तयारी भने नपत्याउने किसिमले भएको छ। हल उनि आफूसँग सहकार्य गर्ने आकांक्षी र सहयोगीहरुको लागि समय खर्च गर्दैछन। अब साथीहरुको समन्वयमा एउटा शशक्त टोली लिएर अगाडी आउने कुरा के सीले हलिउडखबरसँगको कुराकानीमा बताए।

  • पहिलो कुरा यो एकिकृत एनआरएनको मुद्धा नितान्त आवश्यकता छ। हामी थुप्रै किसिमले विभाजित भयौं। आस्था र राजनीति एकातिरका कुरा हुन् तर संस्थामा हामी बिशुद्ध एकिकृत एनआरएनको मुद्धा लिएर जानुपर्छ। अनि मात्र हाम्रा हरेक एजेण्डालाइ सहि रुपमा कार्यान्वयन गर्न सकिन्छ।
  • दोश्रो कुरा यो एकिकृत एनआरएनको बिषय कसैले पनि उठाएका छैनन्। यो पटक मैदानमा आएका अध्यक्षका आकांक्षीहरुले पनि उठाएका छैनन्। केवल मेरो नेतृत्वले मात्र यो पुरा गर्न सक्छ।यो मेरो मुख्य एजेण्डा हो। म यसैमा लागि परेको छु।
  • अर्को कुरा संघको आगामी स्वरुप र आफ्नो कार्यकाल कस्तो हुने भनेर बिज्ञ, संघका अग्रज र सबैसँग कुरा गर्दैछु। सबैको राय र सल्लाहले आफूले सबैलाई काम लाग्ने र सबैको हुने एकिकृत एनआरएनको बिषयलाइ योजना गर्दैछु।
  • हामीमा एककिसिमले सोसल हार्मोनी बिग्रिएको अवस्था छ। अब त्यसलाई ठिक गर्नुपरेको छ। यसलाई ठिक गर्न नै एकिकृत एनआरएन भनेको हुँ मैले। हाम्रो राजनैतिक र विभिन्न स्वरुपको समाज होइन केवल नेपाली समाज हुनुपर्छ। त्यसैको रिस्टाब्लिश गर्नुछ। संघमा राजनैतिक र अन्य बिषय उठाउन, राज्य सल्लाह, सुझाव, सहयोग लिने पोलिटिकल फोरम नै गर्न सकिन्छ तर नेतृत्वमा प्रतिनिधित्व र बिभाजान गर्नु आवस्थ्यक छैन।
  • स्थानीय संघ-सँस्थाहरुलाई बाइ-पास गरेर होइन संगै मिलेर काम गर्नुपर्छ। उनीहरुलाई अझै अघि बढाउँदै जानुपर्छ। त्यसलाई समेट्ने कुरा गर्दैछु।
  • यहाँनेर अलिकति कडा भाषामा भन्नुपर्ने भयो, संघको निर्वाचनमा मत नियन्त्रमा लिएको जस्तो देखियो, खर्चिलो र भड्किलो हुँदै गएको छ। यसको अन्त गर्नु जरुरी भएको छ। यसका लागि सदस्यता शुल्क घटाउने र अन्य श्रोतको बिकास गरेर संस्थालाई सदस्यता शुल्क मुखी नभएर अन्य विकल्प दिनुपर्छ, म त्यसै गर्छु। चुनावी समय छोटो र नितान्त सहज र सजिलो हुनुपर्छ।
  • कतिपयले तिलकले मैदान छोड्छ या के के भनेको सुनेको छु। तर त्यो होइन, म तयारी गर्दैछु। तयारी पुरा गरेर गतिलो र तोडिलो प्रतिस्पर्धा गर्ने हो। हेर्नुहोला, यो पटकको नातिजा पनि मेरो हातमा नै आउनेछ।

छोटकरीमा भन्नुपर्दा आफू एतिबेला एउटा लाइक माइण्डेड साथीहरुको संयोजन गर्दैछु। टिम भन्दा त बिधानले बाधा देला तर माहोल बनाउने साथीहरुको तयारीमा छु।अब त्यसको तयारी पछि सबैलाई लिएर प्रमुख शहरहरुमा जान्छु।आफ्ना कुराहरु राख्छु, अध्यक्षका उम्मेदवार के सीले भने।