Dr Shesh Ghale, NRNA IES/ICC Immediate Past President

UNA को तेश्रो सम्मेलन सम्पूर्ण तयारी पूरा: डा घले प्रमुख आकर्षण

Hollywood Khabar May 18,2018 Comments

कृष्ण के सी/अमेरिका
यूनाइटेड नेपलीज एशोसियशन (UNA) को तेश्रो सम्मेलन टेक्सस राज्यको डालस शहरमा यही मे २६-२७, २०१८ मा हुँदैछ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कुरा संस्थाका संस्थापक तथा अध्यक्ष पासाङ्ग लामा तथा आयोजक मध्यका राकेश गोइतले हलिउडखबरलाइ जानकारी गराउनु भएको छ।

२०१६ मा यूवाहरुलाई फोकस गरेर स्थापना भएको मुनाफा रहित UNA को यो तेश्रो सम्मेलन हो। मनोरंजन, ग्लामर, स्पोर्ट्स, प्रदर्शनी, इन्भेनशन, छलफल-बहस, नानीहरुको लागि बिशेष कार्यक्रम लगायत बिबिध कुराहरुको आयोजना गर्दछ। मनोरंजन तर्फ यो बर्षको प्रमुख आकर्षण ठमेल बजारमा गीतकी नृत्यकार अरिसा राइ, चर्चित गायीका अन्जु पन्त लगायत हुनुहुन्छ।

बिगतमा जस्तै यो बर्ष पनि सम्मेलनका बिबिध आकर्षण मध्ये प्रमुख इण्टरप्रेनर नै हुनेछ। कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान संदस्य जमुना गुरुङ हुनुहुन्छ। घले दम्पतिको उपस्थित रहने कुरा स्वयं डा घलेले हलिउडखबरलाइ बताउनुएको छ।

उसो त डा घलेलाइ नेपाल बाहिरका नेपाली र नेपालका नेपालीले मात्र होइन नेपाली अमेरिकीन समुदायले धेरै माया र सम्मान गर्छन। हारक पटक डा घलेको अमेरिका भ्रमण अविश्मरणिय भएको छ। त्यसै कारण पनि UNA को यो पटकको सम्मेलनमा बिशेष आकर्षण भनेकै डा घले हुनुहुन्छ। खासगरी व्यवसायमा टाइकोनको रुपमा शिखारमा पुग्नु भएका डा घलेको प्रस्तुतीमा सहभागी हुन थुप्रै नेपाली अमेरिकन समुदायको उपस्थिति रहने छ।