-एमाले नेताहरु ओली र नेपालको वार्ताले तत्काल १० सदस्यी कार्यदल बनाउने निर्णय

एमाले नेताहरु ओली र नेपालको वार्ताले तत्काल १० सदस्यी कार्यदल बनाउने निर्णय

Hollywood Khabar May 12,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधब कुमार नेपालबीच बार्ता भएको छ।

मे १३, २०२१ बिहिबार बुढानिलकण्ठ, चपली हाइटमा भएको भेटवार्तामा अध्यक्ष ओलीले फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि नेपाल पक्षले राजिनामा नदिने भनेर सहमति भएको हो। पार्टीको अन्तरिक विवाद टुङ्ग्याउन तत्काल १० सदस्यी कार्यदल बनाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउन १० सदस्यीय कार्यदल बनाउने सहमति भएको जनाइएको छ। बनाइने कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्टको नाम प्रस्ताव गरिएको छ।