UM Bikes in Nepal

UM बाइकमा एक्सचेन्ज अफर सहित ५0 हजार सम्म छुट:पाैडेल

Hollywood Khabar February 05,2019 Comments

उदयपुर/माघ २३

युएम बाइकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ। यहि माघ २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्तर्गतको युएम बाइक एक्सचेन्ज अफरमा अन्य बाइक ल्याएर पनि एक्सचेन्ज गर्न सकिने छ।

यो बाइक खरिदमा बजार मुल्य भन्दा ५० हजार रुपैयाँ सम्म छुट पाउने व्यवस्था गरिएको छ। रेनिगेट स्पाेर्ट ३०० सिसिमा लागु हुनेछ। पछिल्लो समय युएमले युवा पुस्तालाई आकर्षित गर्दै आएको छ। यो पटक युएम ३०० सिसिको बाइकमा मात्र यो योजना लागु हुनेछ। सो कुरा आइएमइ अटोमोटीभ्सका म्यानेजर धनराज पौडेलले र अटोमोटीभ्सका एरिया सेल्स मेनेजर सागर थापाले जानकारी दिए।

अन्य मोडलमा रु १० हजार छुटको व्यवस्था गरिएको र बाईक खरिदमा फाइनान्सको पनि सुविधा रहेको आधिकारीक विक्रेता आरयस लाइफ स्टाइल हेटौंडाका सञ्चालक सुदिप मानन्धरको भनाइ रहेको छ।