-युकिरा अर्गनाईजेशनको साकेला उभौली डिसिमा सुरु बोष्टनमा मैजारो

युकिरा अर्गनाईजेशनको साकेला उभौली डिसिमा सुरु बोष्टनमा मैजारो, साथमा अधिवेशन

Hollywood Khabar April 25,2019 Comments

युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाबाट प्राप्त

हरेक वर्ष जस्तै यस वर्ष पनि युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन बिभिन्न पूर्व तयारी गरेको छ ।

अर्गनाईजेशनका केन्द्रीय सभापति बिष्णु राईका अनुसार वाशिंगटन डीसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सल्भेनियामा मे ५, २०१९ र क्यालिफोर्नियामा जुन १, २०१९ साकेला कार्यक्रम हुने भएको छ।

त्यस्तै केन्द्रीय साकेला मे १९ मा न्युयोर्कमा हुनेछ। साकेलाको अघिल्लो दिन मे १८ मा अर्गनाइजेशनको केन्द्रीय अधिवेशन पनि हुने भएको छ। यो वर्षको साकेला जुन १६ मा बोस्टनको वाटरटाउन स्थित आर्सनल पार्कमा गरिने छ। त्यो दिनको कार्यक्रममा यो वर्षको अन्तिम मैजारो हुने बताइएको छ।

यो वर्ष केन्द्रीय कमिटको साकेला कार्यक्रम युनाइटेड किराँत राई अर्गनाइजशेन अफ अमेरिकाका पूर्वसभापति तथा हालका सल्लाहकार प्रभाकर राईको संयोजकत्वमा हुने भएको छ ।

त्यस्तै युनाईटेड किराँत राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरको साकेला मे ५, २०१९ मा हुने भएकोले अमेरिकाका सबै राज्यका राईहरुलाई उपस्थिति भइदिन अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन।

न्यूईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार साकेलाको उपलक्ष्यमा अमेरिकी रेडक्रससँगको सहकार्यमा सदा झैं यो वर्ष पनि अप्रिल २७ मा रक्तदान जीवन दान भन्ने नाराको साथ रक्तदान कार्यक्रमको आयोजना गरिदैंछ ।

न्यु हेम्प्शायरको स्ट्राडम्स्थित द आइ पी पी आइको अफिसमा रक्तदान गरिनेछ।साथै सोहि दिन न्यू ईङगलैण्ड च्याप्टरको अधिवेशन समेत गरिनेछ। राईका अनुसार ढोल झ्याम्टाको विधिवत रुपमा पुजा गरि साकेला प्राक्टिस शुरु गरिएको छ।

केन्द्रीय साकेला न्यूयोर्कको लागि सहभागी हुन साकेला नृत्य टोलीहरु पनी तयार गरिएको छ। अर्गनाइजेशनका न्युयोर्क च्याप्टर सभापति केशब राम राईका अनुसार सहभागीहरुका लागि होटल तथा सभाहल र साकेला कार्यक्रमको लागि पार्क बुक गरि सकिएको छ। उनका अनुसार न्युयोर्कको क्विन्स ब्रिज पार्कमा मे १९ मा हुने भएको साकेलाको लागि ढोल झ्याम्टाको विधिवत रुपमा पूजा गरि साकेला नाच प्राक्टिस शुरु गरिएको छ ।

अर्गनाइजेशनका सल्लाहकार डी एम भी पी का प्रतिनिधि मिलन राईका अनुसार आगामी जुन ५ मा मेरिल्याण्डमा गरिने साकेलाको पूरा तयारि गरि सकिएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित स्थानीय ब्लाक हिल रिजनल पार्क लेक रिज ड्राइभमा कार्यक्रम गरिने र पार्क बुक गर्ने देखि लिएर अतिथिहरुको लागि होटल बुकिङ्ग गरिएको कुरा बताएका छन् ।

क्यालिफोर्निया च्याप्टर सभापति जोर बिर राइका अनुसार यसपटकको साकेला कार्यक्रम जुन १, २०१९ मा सनफ्रान्सिस्को शहरको पूर्वतर्फ फिमन्टमा गर्न लागिएको छ। अतिथीहरुलाई निम्तो दिने लगायतको कार्यहरु सम्पन्न गरिएको कुरा उनले बताए।