- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट

उद्योग मन्त्रालयलाई १ नम्बरी बनाउने मन्त्री लेखराज भट्टको घोषणा  

Hollywood Khabar November 20,2019 Comments

५ मंसिर, काठमाडौं।नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग मन्त्रालयलाई १ नम्बरी बनाउने घोषणा गरेका छन्।बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्रि भट्टले पुरानो ढर्राले नभई दीर्घकालीन योजना बनाएर समाजवाद उन्मुख कार्ययोजना  ल्याएर एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका हुन्।सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन गर्दै  मन्त्रालयमा अनुशासनहीन काम नहोस् भन्दै मन्त्रि भट्टले सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने बताए ।