-सान फ्रान्सिस्कोमा मुरलीधर संगीत साँझ

सान फ्रान्सिस्कोमा मुरलीधर संगीत साँझ----उडायो सपाना सबै हुरीले

Hollywood Khabar May 06,2019 Comments

कृष्ण के सी/अमेरिका/५/७/१९

यहि मे १२, २०१९ आइतबारका दिन सान फ्रान्सिस्को शहरमा मुरलीधर संगीत साँझ हुने भएको छ।

उडायो सपना सबै हुरीले जस्ता चर्चित गीतका सर्जक तथा कलाकार मुरलीधरले यो पटक नेपाली समुदायबीच गाउने भएका छन्। जीवनको आधा समय कला र गीत-संगीतमा त्यसमा पनि धेरै त भारतमा बिताएका मुरलीधर कलामा बहुआयामिक ब्यक्तितिव हुन्।

स्थानिय व्यक्तिहरु लक्षमण अधिकारी, जय मण्डल र कुमार दोङको संयुक्त आयोजनामा हुने सांगेतिक साँझ मनोरंजनले भरिपूर्ण हुने कुरा आयोजकले बताएका छन्। ५ वटा टिकेटको $१०० र प्रति टिकेटको $२५ दर राखिएको कार्यक्रम सांझ ६ बजेबाट सुरु हुनेछ।

कार्यक्रम स्थान: Palace of Spices, - 173 Eddy St, San Francisco मा हुनेछ।