https://www.youtube.com/embed/fSe7ZKlZa3k

Nepali Congress Leader Udaya Shamsher Rana

अर्थमन्त्री डा खतिवडाले झुट बोले- काँग्रेस नेता राणा

Hollywood Khabar April 05,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली काँङग्रेसले लामो समय नेपालको सत्ता संहाल्दै गर्दा जम्मा जम्मी दुई नेताहरुलाइ मात्र अर्थ बुझेका र सोही अनुरुप डा रामशरण महत र महेश आचार्यलाइ अर्थमन्त्री बनाएको इतिहास छ।

पछिल्लो समय काँग्रेसमा युवाहुरुको अगुवाइसंगै नेपाल तरुण दलका अध्यक्षको जिम्मेवारी सफलतापूर्व सम्पन्न गर्नुभएका युवा नेता उदय शंशेर राणा पनि एक हुनुहुन्छ।

राणाले ललिपुर क्षेत्र # १ बाट यस अघिको निर्वाचनमा भारी मतान्तरले बिजय गर्नुभएको थियो। तर दुइ ठूला पार्टीहरुको गठवन्धनले गर्दा मत लगभग पहिलाकै जति नै पाउँदा पनि पछिल्लो निर्वाचनमा उहाँ बिजयी हुन सक्नु भएन।

राणा भारतमा ग्राजुएट र अमेरिकाबाट स्नाकोत्तर गर्नुभएका अनि पुर्खौली देखि नै बेलायतसंग पनि राम्रो कुटनैतिक संबन्ध रहेको मध्यका पर्नुहुँन्छ। यसर्थ यी तीनै देशलाई ब्यालेन्समा लैजान नेता राणालाइ नेपाली काँग्रेसले परराष्ट्रको लागि अगाडि बढाउला भन्ने अपेक्षा थियो। तर काँग्रेसको तेश्रो पुस्तामा अर्थको बलिया व्यक्ति देखिएनन र राणालाई अगाडी बढायो। त्यसैले उहाँले निवर्तमान सरकारमा अर्थराज्यमन्त्रीको जिम्मेवारी संहाल्नुभयो।

हेर्दा सामान्य र सरल लाग्ने राणा आफ्नो निर्वाचन क्षेत्रमा उत्तिकै रुचाइएका व्यक्ति पनि हो। आफ्नै पैसा र योगदान समेतले थुप्रै पूर्वाधार र अन्य निर्माण कार्य समेत पुरा गर्नुभएका राणालाइ भ्रष्टाचार गर्न नपर्ने र नगर्ने नेताको रुपमा हेरिन्छ।

पछिल्लो निर्वाचनले जे सुकै नतिजा दिएता पनि उहाँको आफ्नो क्षेत्रमा पुग्ने कुरामा निरन्तरता राख्नुभएको छ। राणा नै पहिलो व्यक्ति हो जसले निर्वाचन पराजय पछि पनि आफ्नो निर्वाचन क्षेत्रमा तुरुन्तै गएर मतदाता र सहयोगीहरुलाई धन्यवाद ज्ञापनका लागि भिजिट गर्नुभयो।

निवर्तमान अर्थराज्यमन्त्री उदय शंशेर राणाले नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले संघीय ब्यवस्थापिका संसद मार्फत सार्बजनिक गरेको श्वेतपत्रमा देशको आर्थिक अबस्था निक्कै नराम्रो अबस्थामा रहेको भन्ने कुरा प्रति असहमत जाहेर गर्नुभएको छ। राणाले क्लिकमाण्डु डटकलाइ दिएको अन्तर्वार्तामा सो विचार व्यक्त गर्नु भएको हो। अर्थमन्त्री डा खतिवडाको एक दर्जन जति आरोपलाइ निवर्तमान अर्थराज्यमन्त्री राणाले अर्थमन्त्रीको त्यो आरोप सरासर झुट भएको बताउँनु भएको छ।

भिडियो अन्तर्वार्तामा रानाले भन्नुभएको छ-अहिलेको अर्थमन्त्रीले अर्थशास्त्रमा विद्यावारिधी गरेको हुनुहुन्छ। यस्तो व्यक्तिले यस्तो गैरजिम्मेवार कुरा गर्न, यति झुटा बोल्न र यति अनप्रोफेसनल रुपले प्रस्तुत हुनुहोला भन्ने हामीलाई लागेको थिएन। यो भन्दा पहिला कतिपय नेताहरु अर्थशास्त्र नपढेको पनि हुनुहुन्थ्यो। तर उहाँहरु पनि यति अनप्रोफेसनल रुपमा प्रस्तुत हुनुभएन।

अर्थमन्त्री खतिवडाले अहिले हाम्रो देश टाट पल्टिन लागेको छ, ट्रेजरीमा पैसा छैन भन्ने कुरा गर्नुभएको छ। केही दिन अगाडि नै राष्ट्र बैंकले आधिकारिक रुपमा अहिले हामीसँग रिजर्भ छ, विदेशी मुद्रा पनि छ भन्ने तथ्यांक सार्वजानिक गरेको छ। तर त्यही मन्त्रालय अन्तर्गतको मन्त्रीले एकहप्ता पछि देश ब्यांक्रप्ट छ भन्नु अर्थमन्त्रालय र अर्थमन्त्रीको गैरजिम्मेवारी भयो कि भएन ? दोस्रो कुरा जुन हाम्रो राजस्व संकलन छ, लगभग गत वर्षको भन्दा २० प्रतिशतले वृद्धि भएको छ। हाम्रो लक्ष्य अनुसार प्राप्त भइरहेको छ। जब लक्ष्य अनुसार राजस्व संकलन भइरहेको छ भने देश कहीँ टाट पल्टेको हुन्छ ? रानाले प्रश्न गर्नुभएको छ।