-तामाङ सोसाइटी अफ नर्थ अमेरिका

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको Emergency Fund मा ५० हजार

Hollywood Khabar April 02,2019 Comments

कृष्ण के सी/अमेरिका/४/३/१९

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले २०१८ मा ५० डलर कोषको लागि सुरु गरेको TSNA-Emergency Fund -2018 लक्ष भन्दा बढी संकलन गर्न सफल भएको छ।

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको महासचिव डोल्मा लामाले दिएको जानकारी अनुसार सोसाइले २०१८ मा ५० डलर कोषको लागि सुरु गरेको TSNA-Emergency Fund -2018 लक्ष भन्दा बढी संकलन गर्न सफल भएको छ। सोसाइटीको बैठकले सो कार्यमा सहयोग गर्ने कार्यसमिति सदस्यहरु, सल्हाकारहरु, फण्डका संस्थापकहरु सबैलाई धन्यवाद प्रकट गरेको कुरा लामाको जानकारीमा उल्लेख छ।

कोषमा ५० हजार डलर भन्दा बढि संकलित रकम शिक्षाका लागि खर्च गर्ने गरि शिक्षा कोष निर्देशिका बनाएर शिक्षा कोषमा जम्मा गर्ने निर्णय समेत गरिएको कुरा लामाले हलिउडखबरलाइ दिएको जानकारीमा उल्लेख गरिएको छ।

सोसाइटीले TSNA Emergency Fund -2018 को संचालन कार्यविधी निर्देशिका तयार गर्ने भएको छ। कोष निर्देशिका तयार पार्नका लागि सोसाइटीका अध्यक्ष लाक्यान लामाको अध्यक्षतामा उपाध्यक्ष मोहन वाईवा, महासचिव डोल्मा लामा, मिडिया कोअर्डिन्टर निमा पाख्रिन, सदस्य सुर्य मोक्तान र आवश्यकतानुसार सल्लाहकारहरुलाई समेत समाहित गरि निर्देशिका तयार पार्ने ज़िम्मेवारी बैठकले दिईएको छ।

महासचिव लामाले हलिउडखबरसंगको छोटो कुराकानीमा उक्त निर्देशिकालाई कार्यसमितिले अनुमोदन गरि बार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत भएको जानकारी दिइन।