-सांकेतिक तस्विर

 त्रिशूली नदीमा ट्रक खस्दा सहचालक बेपत्ता,चालक घाइते 

Hollywood Khabar July 11,2019 Comments

२८ असार, चितवन ।रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं आउँदै गरेको ना ४ ख १७९६ नम्बरको त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन्  भने ट्रक चालक घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलाबाट त्रिशूलीमा खस्दा  सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जानकारी दिएको छ ।ट्रक पूरै पानीमा डुब्दा ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन्। उनको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।