तस्बिर साभार वेब

ट्राफिक प्रहरी जवान हिटलरसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

Hollywood Khabar August 18,2019 Comments

२ भाद्र काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुका प्रहरी जवान हिटलर साउँदसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ।सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी जवान हिटर साउद, देबेन्द्र बलायर र लोकेन्द्र थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरु सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुविरुद्ध १ लाख विगो कायम गरिएको छ। उनीहरुसँगै प्रक्राउ परेका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस लिने कार्यमा संलग्नता नदेखिएपछि  सजाय मागदाबीमा छुट दिइ सफाइ दिइएको छ।मुद्दा दायर गरिएका भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोप दायर गरिएको छ।