७० वर्ष पुरानो Toys R Us का ७३५ स्टोरहरु बन्द हुने

Hollywood Khabar March 15,2018 Comments

कृष्ण के सी/अमेरिका
७० बर्ष लामो इतिहास बोकेको अत्यन्तै चर्चित र बच्चाहरुको लागि मनपर्ने New Jersey बेस कम्पनी Toys R Us अन्तत बन्द हुने भएको छ। कम्पनी प्रवक्ताका अनुसार अमेरिकाभरि का ७३५ स्टोर बन्द हुँदा र तिनमा काम गर्ने करिव ३३,००० कामदार समेत ले अफ हुनेछन।
Toys R Us का CEO Dave Brandon ले आफ्नो स्टेटमेन्टमा ७० बर्षको इतिहासमा करोडौं बच्चा र परिवारहरुको लागि सेवा दिएको यो ब्यबसाय बन्द गर्नुपर्दा अत्यन्तै दुख लागेको कुरा बताउनु भएको छ। यो खवर सुनाउनुपर्दा आफू अत्यन्तै दुखि भएता पनि गिर्दो ब्यबसायको लागि कुनै आर्थिक विकल्प नभएकोले अमेरिकी स्टोरहरु बन्द गर्नुपरेको हो। तर अन्तराष्ट्रिय ब्यबसाय भने तत्काल नियमित गरिने भएता पनि उनीहरुको निर्णय अनुसार विकल्प निर्णय दिन पनि सकिने कुरा बताउनु भएको छ।
Toys R Us ले गत सेप्टम्बर २०१७ मा कम्पनीलाइ च्याप्टर ११ अनुसार Bankruptcy प्रोटेक्शन  फाइल गरेको थियो। सो फाइल गर्दा कम्पनीलाइ ५ बिलियन डलरको डेब्ट रहेको दावी गरिएको थियो। कम्पनीले गत जनवरी २०१८ मा होलिडे सिजनमा पनि राम्रो ब्यापार नभएकोले १८० स्टोर बन्द गर्नुपर्ने कुरा उल्लेख गरेएको थियो। तर मार्च १४ मा कम्पनीले सबै स्टोर बन्द गर्नु पर्ने कुरा बताएको छ।