-एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्य तिलक के सी अध्यक्ष पदका उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्य तिलक के सी अध्यक्ष पदका उम्मेदवार

Hollywood Khabar March 16,2021 Comments

हलिउडखबर, मार्च १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१७-२०१९ कार्यकालको बोर्ड सदस्य तिलक के सी २०२१-२०२३ कार्यकालमा अध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

नेपालको प्यूठान जिल्लाको पाडावाङ्गमा जन्मनु भएका तिलक के सीले पोखराबाट आइएससी, अस्कलबाट बिएससी र त्रिभुवन बिश्व बिधालय किर्तिपुरबाट एमएससी गर्नु भएको हो। केन्द्रिय क्याम्पस किर्तिपुरमा पढ्दै गर्दा स्वतन्त्र बिधार्थी युनियनको सचिवमा समेत निर्वाचित हुनुभएको थियो।

पढाइ सकेर नेपालमा प्राध्यापनमा लाग्नु भएका के सीले उपप्राध्यापक भएर पनि काम गर्नुभयो। केहि समय मानव अधिकार क्षेत्रमा अभियन्ता भएर पनि काम गर्नु भएको हो तिलक के सीले।

२००२ मा अमेरिका आउनु भएका एनआरएनए एनसीसी अमेरिकाका बोर्ड सदस्य तिलक के सी विस्कनसिन (Wisconsin) राज्यमा बस्दै आउनु भएको छ। २०१० मा नेपाल स्कूलको सुरुवात गर्नमा पनि उहाँको उल्लेख्य हात रहेको छ। उहाँ २०१२ मा स्थापना भएको Milwaukee Nepali Pariwar को संस्थापक अध्यक्ष रहेको कुरा के सीले हलिउडखबरलाइ बताउनु भयो। उसो त एशोसियशन अफ नेपलिज इन अमेरिका (ANMA) सामाजिक सँस्थाको २०१८ देखि हाल दोश्रो कार्यकालमा पनि बरिष्ठ उपाध्यक्ष नै हुनुहुन्छ।

तिलक के सीले लामो समय देखि आफ्नै ब्यबसाय संचालन गर्दै आउनु भएको छ। विगत लामो समय देखि गतिबिधिहरुमा सहभागी भएता पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पंजीकृत सदस्यता भने २०१७ मा लिनु भएको हो। त्यसपछि उहाँको गतिबिधि एनआरएनए एनसीसी अमेरिकातिर बढ्दै गयो।२०१९ मा भने उहाँ एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्यमा नै बिजयी हुनुभयो। २०१९ मा भएको एनआरएनएको विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशनको प्रतिनिधि भएर पनि जानु भएको हो।

एनआरएनए एनसीसी अमेरकामा धेरै राजनैतिक गुट-उपगुट बढ्यो, केहि निश्चित व्यक्ति र उनीहरुको पक्कडमा रहन गयो। यसलाई त्यो चंगुलबाट बाहिर निकाल्नु जरुरि भएको छ। सँस्था सबै नेपाली अमेरिकी समुदायको हुन सकेको छैन। पहुँचमा पुगेको छैन, हाम्रो भन्ने स्वामित्व भएको छैन। हामीले भोटर बनाएका छौं संघको सदस्य बन्ने काम भनेको छैन। संघमा भिजन भएका नेता आएका छैनन। अब एनआरएनए एनसीसी अमेरिकालाइ साझा घर बनाउन, संस्थामा योगदान दिएका, जानिफकार र बिषयगत ज्ञातालाइ लिएर एउटा कार्यक्रम बनाएर जानुपर्छ।राजनैतिक रुपमा मेनस्ट्रिममा जाने लगायतका कुरा एउटा व्यक्तिले गर्ने होइन। यो सबैले मिलेर गर्नुपर्छ भन्नुहुन्छ बोर्ड सदस्य तिलक के सी। त्यसैले गर्दा आफू यो पटक अध्यक्षको उम्मेदवार भएको कुरा तिलक के सीले हलिउडखबरलाइ जानकारी दिनुभयो।

हामीलाई उल्लेखित कुराहरु पुरा गरेर सँस्थालाइ साझा रुपमा अगाडी बढाउन आफूलाइ मत दिनुपर्ने जिकिर के सीको छ। आफूसंग मैदानमा रहेका साबि उम्मेदवारहरु संग सहकारी र समन्वय रहने कुरा पनि गर्नुहुन्छ के सी। त्यसका लागि के सीका तीन मन्त्र छन्। एउटा डिभाइसबाट एक भोट मात्र गर्न पाउने, एक दिन मात्र मतदान गर्ने र निर्वाचनको नतिजा उम्मेदवार या उनीहरुका प्रतिनिधिहरुको उपस्थितिमा प्रकाशित गर्नुपर्ने कुरा रहेका छन् के सीका।