Migrant caravan reaches the Guatemala-Mexico border

हजारौ माइग्रेन्ट यात्रीहरु मेक्सिको बोर्डर तर्फ, अमेरिका प्रवेश गर्ने संभावना

Hollywood Khabar October 18,2018 Comments

होण्डुरसबाट घरबार छोडेर हिंडेका हजारौ माइग्रेन्टहरु १९ अक्टुवर २०१८ शुक्रबार मेक्सिको दक्षिणी बोर्डर पुगेपछि रोक्न खोज्ने प्रहरी र उनीहरुबीच झडप भएको छ।

ठुलो संख्यामा मेक्सिको र ग्वाटेमालाका प्रहरी तैनाथ भएको ग्वाटेमाला र मेक्सीको बोर्डरमा रहेको पुलमा झडपको घटना भएको हो। ति यात्रीहरु करिब १५०० देखि ४००० को संख्यामा छन् र उनीहरु धेरैजसो होण्डुरसबाट आएका बताइन्छ।

कतिपय यात्रीहरु खोलामा हाम फालेर तैरिन्दै मेक्सिको तर्फ लागेको कुरा एपीको समाचारमा बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रिपति डनल्ड ट्रम्पले सो बिषयमा कसरी फेस गर्ने भनेर तयारी गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।