-Johnson & Johnson's (J&J) को कोभिड १९ भ्याक्शिन

The FDA ले J&J को कोभिड १९ भ्याक्शिन इमर्जेन्सी यूज गर्न अनुमति दियो

Hollywood Khabar February 26,2021 Comments

अमेरिकाको The US Food and Drug Administration (FDA) ले Johnson & Johnson's (J&J) को कोभिड १९ भ्याक्शिन इमर्जेन्सी यूज गर्न अनुमति दिएको छ।

फेब्रवरी २६, २०२१ शुक्रबार The FDA को कोभिड १९ भ्याक्शिनको लागि सल्लाहकार टिमले भोट गरेर १८ बर्ष भन्दा माथि उमेर समुहका अमेरिकनहरुको लागि इमर्जेन्सी यूजको लागि अनुमति पारित गरेको हो।

अब अमेरिकी The Centers for Disease Control and Prevention (CDC) को निर्णय पछि J&J भ्यक्शिन वितरण गरिने छ। CDC ले आउने आइतबार सो संबन्धि मत दिने कुरा समेत जानकारी दिइएको छ। J&J को भ्याक्शिन भनेको एक शट मात्र हो। जबकि फाइजर र मोडर्ना भ्याक्शिन २ शट दिने गरिन्छ। J&J कोभिड १९ भ्याक्शिनलाइ यसलाई सामान्य रेफ्रिजरेटरमा पनि स्टोर गर्न सकिने बताइएको छ।

J&J को भ्याक्शिन अमेरिका, साउथ अफ्रिका, ल्याटिन अमेरिका लगायत ठाउँका ४४,००० जनामा क्लिनिक ट्रायल गरिएको थियो। ट्रायलको समय सरदर ६६% मोडरेट देखि सिक्सित अवस्थामा पनि प्रिभेण्टिभ रेट देखिएको थियो। तर अमेरिकामा यसको प्रभावकारिता ७२% रहेको बताइएको छ।यसले ८५% रोकथाम गर्ने नतिजा दिइएको छ। यसको ट्रायलको समय कसैको पनि मृत्यू नभएको बताइएको छ।