-बाल्टीमोरमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष पदका उम्मेदवार संजय थापा तथा अन्य उम्मेदवारहरूको चुनावी प्रचार प्रसार कार्यक्रम

NRNA:अध्यक्षका उम्मेदवार संजय थापा टिमको चुनावी प्रचार कार्यक्रम सुरु

Hollywood Khabar April 14,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकामा झागिएको विकृति र विसंगती हटाउन मेरा उम्मेद्वारी भन्ने मुल उदेश्यको साथ बाल्टीमोरमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष पदका उम्मेदवार संजय थापा तथा अन्य उम्मेदवारहरूको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ।

सन्जय थापा समुह जिताउं अभियान डिसि मेट्रो एरियाले वाल्टिमोरको वाना सामुदायिक भवनमा आयोजित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाइ सहसंयोजक काशी पौड्यलको सभापत्तित्व र अर्का सहसंयोजक यूद्र वहादुर पन्तको सन्चालनमा भएको थियो।

सो अवसरमा अध्यक्ष पदका प्रत्यसी सन्जय थापाले आफु र आफ्नो समुहका सदस्यहरूको चुनावि योजना प्रस्तुत गरेका थिए। उपस्थित अतिथिहरूले उहॉका योजना र कुशल नेत्रित्व एनआरएनए एनसीसी अमेरिकाले पाउनेछ भन्दै विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना दिएका थिए।

शुभकामना दिनेहरूमा गुरूङ समाजका अध्यक्ष दिनेश गुरूङ, म्यादी समाजका अध्यक्ष ईन्द्र व थापा, एनआरएनए एनसीसी अमेरिका मेरिल्यन्ड च्याप्टरका सचिव महेन्द्र देसार, वानाका अध्यक्ष सुवोध विलास पन्त, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेल, राप्रपा नेपालका सहमाहमन्त्री प्रेम कुमार श्रेष्ठ तथा प्रवासी नेपाली मंच (ओएनएफ) का अध्यक्ष तथा ओएनयूएफ अमेरिकाका नेता प्रभु थापा लगायत थिए।

कार्यक्रमलाई ईनेप्लिजका सन्चालक विजय थापा र डिसि नेपालका सन्देश खड्काले प्रत्यक्ष प्रसारण गरेका थिए। कार्यक्रममा ओएनएफ अमेरिकाका एम लामा, राधाकूष्ण देउजा, टेक गुरूग्ग, रिजउड नेपाली समाजका उपाध्यक्ष भुवनेश्वर अधिकारी, वानाका निबर्तमान अध्यक्ष अनु वन्त, म्याग्दी समाजका निवर्तमान अध्यक्ष अमर छन्तयाल, राष्ट्रीय खेलाडी मास्टर कुमार कार्की, वानाका संस्थापक गणेश मलेगी लगायत वानाका बर्तमान र पूर्वपदाधिकारीहरू लगायत कोषाध्यक्षका उमेदवार रविन बज्रचार्य, महीला कोर्डिनेटर सुनिता खत्री, बोर्ड अफ डाईरेक्टरका उम्मेदवारहरू धुर्व झा, छत्र गुरूङ, धर्म वि क, खिम भट्टराई लगायतको उपस्थित रहेको थियो ।

आफ्नो मनतव्य राख्दै अध्यक्षका उम्मेदवार सन्जय थापाले विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदृढ गर्ने आफ्नो अभियान रहेको बताए। आफुले जिवनको झन्डै ३५ बर्ष सामाजिक कार्यमा विताएको विगत २ बर्ष देखि एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर हेल्पडेक्सको उपसंयोजक रहेर ज़िम्मेवारीपूर्वक काम गरेको टिपिएस र गैररआवसीय नेपाली नागरिकता विधेयकलाई प्रवासी नेपालीको आवश्यकता र संबिधानले व्यवस्था गरे अनुसार हुनुपर्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको कुरा प्रष्टै छ भने।

उनले अहिले पनि निर्वाचन स्वच्छ र निपक्ष्क्ष हुने कुरामा विश्वास गरिसक्ने अवस्था नरहेको धाँधलीका अनेक रूपहरू देखा परिरहेकोले सबैले सोच्नुपर्ने समय आएको बताए। एनआरएनए एनसीसी अमेरिका प्रतिको विश्वासलाई जगाउन सकिएन भने यो २००/४०० जनाको एउटा क्लबमा परिणत हुनेकुरा थापाले बताए।

यदि तपाईहरूले निर्वाचनमा मलाई विजय वनाउनु भयो भने:

१. म एनआरएनए एनसीसी अमेरिकालाई एक विशुद्ध सामाजिक र विधिमा सन्चालन हुने सबै नेपालि अमेरिकनहरूको साझा र प्रिय संस्था बनाउनेछु

२. अमेरिकावावी सबै नेपालीहरूको आर्थिक र सामाजिक जीवन उच्चा वनाउने अभियान सन्चालन गर्ने छु

३. नेपालसंगको सम्वनधलाई सुमधुर र व्यावस्तिक बनाउदै मात्रिभुमि प्रति उत्तरदायी वनाउनेछु

हाम्रो एनआरएन राम्रो एनआरएनका रूपमा नेपालीको साझा चौतारीको रुपमा एनआरएनलाई एउटै मालामा उन्ने अठोटका साथ मैले एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिएको थापाले बताए।