साङ्केतिक तस्बिर:साभार वेब

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

Hollywood Khabar May 25,2020 Comments

१३ जेठ काठमाडौँ।नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको हो।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिएका हुन्।

अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पल्लिो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन्।उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन् । हालसम्म १२४ जना पुरुष र २१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट डिस्चाज भएका डा. देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।