नेपालीहरुको तीज पर्व २०१८ को हार्दिक शुभकामना- त्रिपाठी

Hollywood Khabar September 10,2018 Comments

नेपालीहरुको महान पर्व तीज २०१८ को उपलक्षमा सम्पूर्ण नेपाली अमेरिकन समुदायमा, गैरआवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको तर्फबाट सबैमा हार्दिक शुभकामना व्यक्ति गर्न चाहन्छु।

हामी नेपालीहरुले मनाउने तीजको आफ्नै ऐतिहासिक महत्व कथा र वृतान्त होलान। कतिपय त हामी सबैले देखे, सुने र जानेकै छौँ। पुरातन रुपमा माइतीमा या कतै जम्मा भएर बिरह, पिडा र आफैलाइ निरास बनाउने कथा गायन नै तीज मनाउने गरिन्थ्यो। ऐलेको पुस्ताको मान्यता पटक्कै तेस्तो छैन। अबको तीज भनेको सबै, महिला पुरुष या जो कोही पनि मिलेर रमाइलो गर्ने खुशी हुने पर्व नै तीज भएको छ।

हुन त महिनौ दर खाने र समयको बर्वाद गर्ने आरोप पनि लागेको छ । तीज भनेको एउटा बिशुद्ध मनोरंज गरेर मनाउने हुनुपर्छ भन्ने मान्यता हो। खुशी हुँदै नाच्ने र गाउने पर्व नै तीज हो र हुनुपर्छ। यसले सबैलाई खुशी र मनोरंजित बनाउनु पर्छ। सबै पिडा त्यागेर एक छिन भए पनि रमाउनु पर्छ भन्ने मान्यता नै तीज हुनुपर्छ।

उसै पनि नेपालको एक तिहाइ जनसंख्या नेपाल बाहिर हुन लागिसक्यो। अनि हामी देश बाहिर हुने नेपालीहरुको चाड-बाड, पर्व र महोत्वस भनेका एक दिने या केहि घण्टाका लागि हुन्छ। त्यो पनि बल्ल बल्ल समय मिले मनाउने हो। बाँकी दिन जीवन धान्न व्यस्त भइन्छ। अब त हरेक जसो सिटी र टाउनमा संघ-संस्थाहरु छन्। हरेक जसो चाड पर्व आयोजना गरिन्छ। प्रायगरी शनिवार र आइतबार त भ्याई-नभ्याई पर्छ। यो राम्रो पक्ष हो, सबैसंग भेट्ने अनि रमाउने।

अमेरिकामा पनि लगभाग महिना अगाडि देखि तीजका कार्यक्रमहरु मनाइदै आएको मैले देख्दै आएकी छु। ती कार्यक्रमहरुमा ठूलो संख्यामा पुरुषहरुको समेत उपस्थिति देखिनुले अब तीज भनेको महिलाहरुको मात्र होइन सबैको रमाइलो गर्ने पर्व भन्ने कुरा ब्यबहारिक रुपमा प्रमाणित भएको छ। 

आगामी दिनमा यो एउटा छुट्टै चाड र बिशेषता बोकेर नयाँ-नयाँ कुराहरुले बिकसित हुँदै गएको होस् भन्ने आशा राख्दै सम्पूर्ण नेपाली अमेरिकन महिला र पुरुषहरुमा तीज २०१८ को हर्धिक शुभकामना व्यक्त गर्दछु।

सबैमा तीजको हार्दिक शुभकामना सहित !

इन्दिरा त्रिपाठी
महिला संयोजक
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
११ सेप्टेम्बर २०१८