अध्यक्ष भट्टको व्यवसायमा गैरआवासीय नेपाली संघका सदस्यरुलाई सहुलियत

Hollywood Khabar May 17,2018 Comments

गैरआवासीय नेपाली संघ र टिबिआई ग्रुप (BB Holdings) वीच पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षर भएको छ।

एक समारोह वीच गैरआवासीय नेपाली संघ र टिबिआइ ग्रुप (BB Holdings) को ३ वटा प्रतिष्ठानहरु बिबि होलीडेज प्राली, धुलीखेल माउण्टेन रिसोर्ट तथा टिबिआई पब्लिकेशन वीच गैरआवासीय नेपाली संघले जारी गरेको परिचय पत्र भएका सदस्यहरुलाई सुविधा दिने सम्बन्धमा वेग्ला वेग्लै सहमती पत्रमा हस्ताक्षर भएको छ।

गैरआवासीय नेपाली संघ एवं टिबिआइ ग्रुपका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार टिबिआइ ग्रुपका ३ वटा प्रतिष्ठानहरुले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई विशेष छुट दिने भएका छन्।

अब उपरान्त गैरआवासीय नेपाली संघले प्रदान गरेको परिचय पत्र भएका व्यक्तिहरुले धुलिखेल माउण्टेन रिजोर्टको कोठामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत, टिबिआइ पब्लिकेशनको प्रकाशनको विज्ञापनमा ३० प्रतिशत र ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन्। साथै BB Holidays ले त्यस्तो परिचय पत्र बाहकहरुलाई विशेष सहुलियती सेवा दिने भएको छ। गैरआवासीय नेपाली संघले पंजिकृत सदस्यहरुको लागि Readable Quick Response (QR) Code सहितका कार्ड वितरण गरिरहेको छ।

सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष भवन भट्टले संघ र टिबिआइ ग्रुप वीचको सहमतिबाट दुवै संस्था उद्देश्य प्राप्तिमा सहयोग मिल्ने धारणा राख्नु भयो । उहाँले आफू अध्यक्ष रहेको दुवै संस्थाहरु वीच औपचारिक सहकार्य सुरु भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले भविष्यमा यी बाहेक संचालनमा आउने BB Holdings का कम्पनिहरुबाट पनि यस्तै प्रकारको सहुलियत तथा सेवाहरु उपलब्ध गराइने जानकारी गराउनु भयो ।

समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ति परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो। उहाँले सदस्यहरुलाई सुविधा प्रदान गर्ने अभियानको सोच पहिले देखी नै भएको तर विविधकारणले गर्दा त्यसताका सुरुवात गर्न नसकेको तर यस कार्यकालमा एक उपसमिति बनाइ अभियानलाई तिव्रता दिएको बताउनु भयो। उहाँले हाल सम्म ७८ वटा मुलुकमा संघको संजाल स्थापित भइसकेको र हाल ७० हजार पंजिकृत सदस्यहरु रहेको बताउनु भयो। उहाँले सबै पंजिकृत सदस्यहरुको लागि ग्लोबल परिपत्र उपलब्ध गराउने कार्य भईरहेको र कतिपय एनसिसिहरुका पंजिकृत सदस्यहरुले ग्लोबल परिपत्र प्राप्त गरिसकेका र अन्य एनसिसिहरुको परिचय पत्र तयारीका क्रममा रहेको जानकारी दिंदै यस कार्यबाट भविष्यमा पंजिकृत सदस्यहरुको संख्यामा उल्लेखनिय बृद्धि हुने विश्वास प्रकट गर्नु भयो ।

सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र टिबिआइ ग्रुप (BB Holdings) का तर्फबाट प्रबन्ध निर्देशक  शिशिर भट्टले हस्ताक्षर गर्नु भएको थियो । सहमति पत्र हस्ताक्षर भएपछि उहाँहरुले आज भएको यस सहमतीबाट दुवै संस्था वीचको सम्बन्ध विस्तार भएको र यसले गैरआवासीय नेपाली अभियानमा थप योगदान पुग्ने विचार प्रकट गर्दै खुशी व्यक्त गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा टिबिआइ ग्रुपका प्रतिनिधिहरुको एवं पत्रकारहरुको उपस्थिति थियो ।

गैरआवासीय नेपाली संघ
१८ मे २०१८ शुक्रवार