-जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही

कहिं नभएको जात्रा तरुण दलमा:अध्यक्ष र महासचिव बीच कार्वाहीको दोहोरि  

Hollywood Khabar September 13,2019 Comments

२८,भदौ,काठमाडौं।नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच कार्वाहीको दोहोरि चलेको छ।शनिबार अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित्  कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएको ५ मिनेट नबित्दै  महासचिव शाहीले पनि महासचिवकै हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाईनै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको  वक्तव्य जारि गरेका छन् ।

अध्यक्ष बस्नेतले जारि गरेको वक्तव्यमा महासचिव शाहीमाथि अनुशासनहीन काम गरेकोले निस्कासन गरिएको भन्दै गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको छ ।तेस्तैगरी  महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि अख्तियार घेराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएउदै बस्नेतलाई कारबाही गरिएको वक्तव्यको बोधार्थ कांग्रेस  केन्द्रीय कार्यालयमा पठाएका छन् ।यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेको घोषणा गरेका थिए ।