रोल्पाका रोहित पुनको हत्याको तरुण दल अमेरिकाद्धारा भ्रत्सना

Hollywood Khabar September 08,2018 Comments

प्रेस बिज्ञपति
हिजो दिउँसो, रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्ती लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेका छन।

इलका प्रहरी कार्यलयबाट पन्ध्र मिटर दुरिमा मात्र रहेको घटनास्थल सुलिचौरमा कम्युनिष्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लियर अपाराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्याको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।

सत्ताको आडमा गरिएको यो अपराधीक घटनाको हत्याराहरुलाइ तत्काल कडा भन्दा कडा कार्बाहिको जोडदार माग गर्दछ। यो आततायी, दुखद र असयै घटनाले हामिलाइ स्तब्ध र आक्रोशित बनायको छ। नेपाल तरुण दल यो नालयक सरकारलाई जनताको जिउ धनको सुरक्षा र अपराधी लाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन चाहन्छ। अन्यथा यो सर्बसत्ता बादी सरकारको बिरोधमा आन्दोलनको आधिबेरी सिर्जना गर्न तरुण दल बाध्य हुनेछ।
प्रिय मित्र रोहित पुन को मृत आत्माले सान्ति प्राप्त गरोस !!

जय तरुण ! जयनेपाल !
ओम भट्टराई
अध्यक्ष
नेपाल तरुण दल अमेरिका शाखा