-इजरायली राष्ट्रपति रिउनभेन रिभलीन र राजदूत शाक्य

इजरायली उच्च प्रविधिको तालिम केन्द्र सातै प्रदेशमा खोल्न प्रस्ताव 

Hollywood Khabar February 14,2019 Comments

३ फागुन,काठमाडौं।इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले इजरायली उच्च प्रविधिको तालिम केन्द्र नेपालका सातवटै प्रदेशमा खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन्।इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र नेपालका सातवटै प्रदेशमा खोल्नका लागि प्रस्ताव गरेकी हुन्।राजदूत शाक्यले इजरायली उच्चप्रविधिको तालिम केन्द्र मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताइन् ।

इजरायलका राष्ट्रपति रिभलिन र राजदूत शाक्यबीच भएको भेटमा आपसी हितका विषयमा छलफल भएको र नेपालमा लगानी गर्न आग्रह गरेको प्रस्तावलाई राष्ट्रपतिले सकारात्मक रुपमा लिएको राजदूत शाक्यको भनाई छ ।मार्च ०१९मा नेपालमा लगानी सम्मेलन हुन लागिरहेको सन्दर्भमा आधा दर्जन भन्दा बढी इजरायली लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि राजदूत शाक्यले जानकारी दिइन्।भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायलको भ्रमणको निम्तो दिएका छन् ।