-NRNA NCC USA:सुर्य लम्सालले अप्रील ७ मा अध्यक्षको लागि औपचारिक रुमपा उम्मेद्वारी घोषणा गर्दै

NRNA NCC USA:सुर्य (साल) लम्सालले अप्रील ७ मा अध्यक्षको लागि औपचारिक रुमपा उम्मेद्वारी घोषणा गर्दै

Hollywood Khabar April 03,2019 Comments

कृष्ण के सी/अमेरिका/४/४/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा सुर्य (साल) लम्सालले अप्रील ७, २०१९ आइतबार अध्यक्षको लागि औपचारिक रुमपा उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना गरेका छन्।

कार्यक्रमको लागि सुर्य (साल) लम्सालले हलिउडखबरलाइ पठाएको निमन्त्रणा र जानकारी अनुसार एनआरएनए एनसीसी अमेरिकाको २०१९-२०२१ नेतृत्वको लागि निम्न स्थान उम्मेदवारी घोषणा तथा सदस्यसंगको अन्तरकृया कार्यक्रम समेत हुनेछ।

लम्सालको उम्मेद्वारी घोषणा र अन्तरकृया कार्यक्रम न्यूयोर्कमा रहेको सत्यनारायण मन्दीर परिशरमा हुनेछ। कार्यक्रमबारे लम्सालले आफ्नो एजेण्डा प्रस्तुत गर्ने, योजनाहरु राख्ने, त्यसमाथि सल्लाहरु-सुझाव लिने अनि जिज्ञासाहरुको जवाफ दिने कार्य हुनेछ। लम्सालले कार्यक्रममा उनका प्यानलका अन्य उम्मेद्वारहरु पनि हुन सक्ने कुराको घुमाउरो जवाफ हलिउडखबरलाइ दिए।

कार्यक्रम स्थान: सत्यनारायण मन्दीर, दोश्रो तल्ला सभाकक्ष, ७५१५ उडसाईड एभिन्यु, एल्महर्स्ट, न्युयोर्क ११३७३
मिति: अप्रील ७, २०१९ आइतबार
समय: दिउसो २ बजे