NRNA NCC USA: अध्यक्षका उम्मेदवार सुनिल शाह

NRNA NCC USA: अध्यक्षका उम्मेदवार शाहले भने, सान फ्रान्सिस्कोमा १९ अप्रिल मै पुग्छु

Hollywood Khabar April 10,2019 Comments

कृष्ण के सी/अमेरिका/४/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनको लागि अध्यक्षका उम्मेदवार हाल बरिष्ठ उपाध्यक्ष सुनिल शाह १९ अप्रिल मै सान फ्रान्सिस्कोमा पुग्ने भएका छन।

अध्यक्षका उम्मेदवार शाहले भने त्यहाँ केहि साथीहरु, अन्य उम्मेदवार र संघका सदस्यहरुसंग भेटघाट गर्नुपर्ने पनि छ। त्यसैले आफू एक दिन अगाडि नै पुग्ने तयारी गरेको हुँ बरिष्ठ उपाध्यक्ष शाहाले भने। उनले आफ्नो फ्लाइट डिटेल समेत प्रदान गरिसकेका छन्।

हलिउडखबरले संचारकर्मी र पत्रकारहरुको संयोजन गर्दै उम्मेदवारहरुको प्रस्तुति र अध्यक्षका उम्मेदवारहरुको डिबेट कार्यक्रमको आयोजना गरेको हो। अप्रि. २०, २०१९ शनिबार आयोजित कार्यक्रम साँझ ५ बजे देखि सुरु हुनेछ।

गोल्डेन पिकक ब्याङ्गकेट (जेम्स्टोन) हाल, २४९८९ सान्ता क्लारा, हेवार्डमा हुने कार्यक्रममा स्थानिय नेपाली समुदाय, संचाकर्मी, पत्रकार र उम्मेदवारहरुको उपस्थिति हुनेछ। कार्यक्रम हलिउडखबर र अन्य विभिन्न मिडियाहरुबाट लाइभ समेत हुनेछ।