-सांकेतिक तस्विर

तस्करीको २४ किलो सुन ससुरालिमा लुकाउने प्रहरी पक्राउ 

Hollywood Khabar February 13,2019 Comments

३ फागुन,धनगढी।प्रहरीले कञ्चनपुरबाट फेरी ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ।कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति फेरी ५ किलो सुन बरामद गरेको हो।दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरजलाई दिएका थिए।उक्त सुन सुरजले ससुरालीमा राखेका थिए ।