स्पेनको बार्सिलोनामा मनाईएको अनौठो जनावर दिवस

0
shares

by Krishna KC | Updated: 06 Dec 2019

277 views
-स्पेनको बार्सिलोनामा मनाईएको अनौठो जनावर दिवस

भोला लामिछाने/यूरोप/१२/६/१९

विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो।स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो।

यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते । नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् । डेलीमेलका अनुसार ब्ल्याक फ्राइडेु को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए । जुन भिडियो फूटेज अहिले सामाजिक सञ्जालमा पनि व्यापक शेयरु गरिएको छ । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ । यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था अनिमा नेचुरलीसुको आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले पीडा आनन्ददायक हुँदैनु भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीटरमा समेत उल्लेख गरेको छ । अनिमा नेचुरलीसुका अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ ।