-सोनी शर्मा 

कलेजोनै सडाईदिने फ्याटी लिभर के हो ? -समाधानका उपाय सहित् 

Hollywood Khabar January 10,2019 Comments

मानव शरीरभित्रको सबैभन्दा ठूलो अंग लिभर अर्थात कलेजो हो। हाम्रो शरीरमा अत्यधिक बोसो थुप्रिएपछि कलेजोमा पनि बोसो जम्न थाल्छ यसलाई मेडिकलको भाषामा फ्याटी लिभर भानिन्छ।कलेजोमा विभिन्न कारणले बोसो थुप्रिएपछि सामान्य कलेजो पनि फ्याटी लिभर (बोसोयुक्त कलेजो) मा बदलिने गर्छ।कलेजोले हाम्रो शरीरभित्र पाँच सयभन्दा बढी काम गरिरहेको हुन्छ त्यहि कलेजोमा अत्याधिक बोसो (फ्याटी लिभर)जम्मा भएमा कलेजोले ति सबै काम गर्न नसक्दा पछि गएर कलेजोनै सड्ने खतरा हुन्छ।कलेजोले शरीरमा रगत जम्ने तत्व उत्पादनदेखि प्रतिरोधी क्षमतासम्मको काम गर्दछ। हामीले खाएको खानालाई पचाउने जुस(रस) कलेजोलेनै बनाउँछ ।कलेजोले हाम्रो शरीरमा काम गर्न छोडेमा प्रतिरोधी क्षमता कम भई अन्य  रोगको संक्रमण बढ्न सक्छ ।

किन हुन्छ फ्याटी लिभर ?
खानपिनमा असावधानी र न्यून शारीरिक सक्रियता फ्याटी लिभर हुने  पहिलो र ठूलो कारण हो। नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत मानिसलाई फ्याटी लिभरको समस्या हुने गरेको पाइन्छ।अल्कोहलको सेवन,त्रुटीपूर्ण जीवनशैली,फास्टफुड,जंकफुड,चिल्ला मसालेदार परिकार ,माछा-मासुको अधिक सेवनका,शारीरिक व्यायामको कमीका कारण मानिसहरुमा फ्याटी लिभरको समस्या देखा पर्दछ।यसबाहेक, मधुमेह, उच्च रक्तचाप, बाथ रोग तथा विभिन्न औषधीको साइड इफेक्टका कारण पनि फ्याटी लिभरको समस्या उत्पन्न हुने गर्दछ ।

पछिल्लो समय मानिसको शारीरीक श्रम कमहुने,लामो समय एकै पोजिसनमा बसेर काम  गर्दा मानिसको शारीरीक सक्रियता कम छ । दिनहुँ जसो भोजभतेर र विलाशिपुर्ण जिवनशैलिको कारण खाएको खाना शरीरमै थुप्रिन्छ ।यसरी थुप्रिएको खानाले कलेजोमा बोसोको मात्रा बढाउँछ फ्याटी लिभरले अन्ततः कलेजोलाई नै विगार्छ ।नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत मानिसलाई फ्याटी लिभरको समस्या हुने गरेको पाइन्छ ।बोसोको मात्रा धेरै भएमा कलेजोले शतप्रतिशत काम गर्न सक्दैन र खानालाई पचाउने यसको क्षमतामा ह्रासआइ पाचनसम्बन्धी विभिन्न समस्या उत्पन्न हुन्छन् । 
फ्याटी लिभरका लक्षणहरु -
फ्याटी लिभर भएमा कलेजोको तौल बढ्ने, पेट भारी भएको महसुस हुन, दाहिने कोखा मन्द-मन्द दुख्ने, पेट पोल्ने,खाएको खाना नपच्ने,लगातार पेट दुख्ने, कब्जियत हुने, खाना खानासाथ चर्पी जानुपर्ने  लगायतका समस्या देखिने गर्दछन् ।
फ्याटी लिभरकति प्रकारका हुन्छन् ?
हाम्रो कालेको फ्याटी लिभरमा परिणत हुनुमा दुई प्रकारका कारण रहेकाछन्।त्यसलाई मेडिकलको भाषामा अल्कोहलिक फ्याटी लिभर र नन-अल्कोहलिक फ्याटी लिभरको रुपमा परिभाषित गरेको पाइन्छ।
१)अल्कोहलिक फ्याटी लिभर-अल्कोहलको सेवन बाट कलेजोमा अत्याधिक बोसो जम्मा हुनुलाई अल्कोहलिक फ्याटी लिभर भनिन्छ।अल्कोहलिक फ्याटी लिभर बढी घातक हुने गर्दछ।अल्कोहल सेवनकाका कारण कलेजोमा बोसो जम्मा भएमा त्यसले कलेजोलाई छिट्टै बिगार्ने र लिभर सिरोसिसको समस्या उत्पन्न हुने गर्छ ।
२)नन-अल्कोहलिक फ्याटी लिभर-अल्कोहलको कारणबाट नभई जाँड-रक्सी नखाने र खराब खानपिनतथा न्यून शारीरीक सक्रियता भएका  मानिसलाई पनि फ्याटी लिभर हुने गर्दछ त्यसलाई नन-अल्कोहलिक फ्याटी लिभर भनिन्छ। 

 

फ्याटी लिभरले कलेजोलाई कस्तो असर गर्दछ ?
फ्याटी लिभर भएको थाहा भएपछी शुरुवातमै कन्ट्रोल नगरे  लिभर फाइब्रोसिस हुन्छ। लिभर फाइब्रोसिस भएमा कलेजो कडा हुँदै गएर राम्ररी काम गर्न सक्दैन।समयमै उपचार गरेर लिभर फाइब्रोसिस भएको कलेजोलाई पनि सामान्य अवस्थामा फर्काउन सकिन्छ ।
लिभर फाइब्रोसिसलाइ समयमै उपचार नगर्ने हो भने लिभर सिसोसिस हुने गर्दछ । लिभर सिरोसिस भएमा कलेजो पूरै कडा भइ वरिपरको भागमा गाँठो पर्दछ।कसै कसैमा कलेजोको सतह तल-माथि भइ  कलेजोको काम गर्ने क्षमतामा ह्रास आउँछ।फाइब्रो स्क्यान मेसिनद्वारा लिभर सिसोसिसको मापन गरि कलेजोको कति प्रतिशत भाग बिग्रेको छ  पत्ता लगाउँन सकिन्छ।कलेजो पूर्ण रुपमा बिगि्रएको खण्डमा कलेजो प्रत्यारोपण गर्नुनै अन्तिम विकल्प हो  ।

फ्याटी लिभरको समाधानका उपायहरु -
माथि उल्लेखित लक्षणका आधारमा आफुलाई फ्याटी लिभर भएको शंका लागेमा सुरुकै अवस्थामा फ्याटी लिभरको पहिचान गर्न सम्बन्धित विशेषज्ञको सल्लाहा लिनु पर्दछ समयमै पहिचान गर्न सके  जीवनशैलीमा सुधार गरि औषधि सेवन नगरी तीनदेखि ६ महिना भित्रमा फ्याटी लिभरलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ।यसका लागि आफुलाई अल्कोहलिक फ्याटी लिभर भएको छ भने तत्काल अल्कोहल सेवन गर्न छोड्नु पर्दछ भने घ्यु खान पनि छोड्नु पर्दछ।तेसैगरी  चार खुट्टे जनावरको मासु छोड्नुपर्दछ भने अण्डा खाँदा अण्डाको पहेँलो भाग फालेर सेतो भाग मात्र खानु पर्दछ।तेसैगरी दुधजन्य परिकार  तथा दूधको तर नखाने र दैनिक कम्तीमा एक घण्टा शारीरिक ब्यायाम गर्नु पर्दछ। शरीरको तौल घटेपछि कलेजोको बोसो पनि घट्ने हुँदा शरीरको तौल घटाउने र खाना कम खाने गर्नु पर्दछ। कलेजोलाई स्वस्थ राख्नका लागि पनि कम्तीमा पनि दिनमा तीन किलोमिटर हिँड्नुका साथै तीन सय क्यालोरी बर्न गरेको हुनु पर्दछ । त्यस्तै, अनावश्यक खानेकुरा।जंकफुड, मसालेदार तारेका खानेकुरा नखानुका साथै स्वच्छ पानी टन्न पिउनु पर्छ।कलेजो सम्बन्धी रोग लाग्नबाट बच्न हेपाटाइटिस विरुद्धको खोप पनि लगाएउन सकिन्छ। - नेपालका पहिलो कलेजो रोग विशेषज्ञ डा. अनिलकुमार मिश्र (ए.के. मिश्र)ले दिएको सुझावको आधारमा।