-मेयर चिरिबाबु महर्जन

स्मार्ट मेयर हचुवा योजना, ललितपुर महानगरको नीति तथा कार्यक्रम एक चर्चा

Hollywood Khabar July 06,2020 Comments

सन्तोष दाहाल, लितपुर/७/७/२०

ललितपुर महानगरपालिका मेयर महर्जनले अहिलेसम्म आफ्नो सार्वजनिक भाषणमा स्मार्ट शब्दको उच्चारण गर्न कहिले छुटाएका छैनन । स्मार्ट सिटी, स्मार्ट वर्क जस्ता हरेक कार्यको विशेषणको रुपमा स्मार्ट शब्द उनलाई अति प्रिय लाग्ने गर्दछ । तर ति नै मेयरको कामले भने स्मार्टको अनुभूत खासै गर्न पाएको छैन ।

यसैको एउटा उदाहरण हुन् सक्दछ, ललितपुर महानगरपालिकाको पाँचौ नगरसभा। असार १० गते ललितपुरको जावलाखेलको डिएभी स्कुलमा भएको नगरसभामा मेयर महर्जनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नगरवासीको उत्साह जगाउनु त कता हो कता, उल्टै निराशाजनक रहेको सहभागी वडाअध्यक्ष र वडासदस्यहरुले बताएका छन्। झन्डै ९० प्रतिशत भन्दा बढी बुँदाहरु विगतका तीन वर्षका नीति तथा कार्यक्रमको तुलनामा खासै अन्तर छैन, तर यो भन्दा पनि उदेक लाग्दो कुरो दुई वर्षका नीति तथा कार्यक्रमहरुसंग हुबहु दोहोरिएको पाइएको छ, कोरोना विशेष नीतिहरुलाई अपवाद मान्ने हो भने ।

नीतिहरु दोेहोरिनुको अर्थ के हो ? नीति निर्माणमा संलग्न महानगरपालिका एक महाशाखा प्रमुखले भन्नुभयो प्राविधिक त्रुटी नमान्ने हो भने नीति तथा कार्यक्रममा नयाँपन केही छैन। ती कर्मचारीको टिप्पणी थियो ‘दोहोरिनुको अर्र्थ कि त विगतमा राम्रो भएकोले हुनुपर्दछ या त विगतमा थालनी भएर र बाँकी दोहोरिएको हुनपर्दछ । ती सबै शर्त र अवस्था भन्दा पनि अधिकाशं नीति तथा कार्यक्रम विगतमा कार्यान्वयन नै नभएर दोहोरिएका छन्।

त्यसैको एउटा उदाहरण हुन सक्दछ, स्मार्ट बत्ती । मेयर महर्जनले असार १० गते शुक्रबार ललितपुर महानगरपालिका वडा नं ३ ले आयोजना गरेको एक कार्यक्रममा स्मार्ट बत्ती अबको सात सातापछि राख्ने बताए। जबकी स्मार्ट बत्ती राख्ने नीति अघिल्लो दुई आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएको छ । मेयरको भाषण सुनिरहेका एक वडाअध्यक्षले भने ‘मेयरले आफ्नो भाषणमा यो विषय कति पटक दोहर्याइसकेको छ । अहिलेसम्म कार्यान्वयन भएको छैन । काम पनि स्मार्ट भए पो।

पाटन मंगबजारमा सवारी साधन निषेधित क्षेत्र ठाउँ बनाउने विषय पनि उस्तै छ। निर्वाचित भएको दुई तीन महिनादेखि आज, भोलि नै काम हुने जस्तो प्रचार गरेको मेयरले चौथो नीति तथा कार्यक्रम पेश गर्ने सम्म आउँदा सिन्को समेत भाँच्न सकेको देखिएन । मेयर भएको झन्डै अढाई वर्षसम्म हरेक कार्यक्रममा बोल्न नछुटाएको स्मार्ट सिटी अन्तर्गत फ्लाईओभर बनाउने कुरो अहिले मेयर महर्जनबाट निस्किन छाडिसकेको छ । स्मार्ट शब्द उच्चारण गर्न रुचाउने मेयरको काम भने कति हचुवा रहेको छ भने अर्को उदाहरण असार १७ गते शंखमुलस्थित यल दरबारमा भएको नगरसभाको बन्द सत्रलाई लिन सकिन्छ। सो सभा वडा सदस्यहरुमा ललितपुर महानगरपालिका वडा– ५ का सदस्य शोभा श्रेष्ठ, ललितपुर महानगरपालिका–६ का राजिव श्रेष्ठ, वडा – २२ का सागर तुलाधर, वडा– २४ का वडाअध्यक्ष दिनेशजंड्ड पाण्डे लगायतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बारे छलफल गर्नु अघि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समिक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

विगतको समिक्षा नगरीकन, भविष्यको नीति बारे कसरी बोल्ने ? शुरुमा चालूको योजनाको समिक्षा गरौं । त्यसमा भएका कमीकमजोरी सच्याएर आगामी आर्थिक वर्षको नीति र कार्यक्रमको छलफल गरौं ।’ सभामा बोल्ने अधिकाशं सदस्यहरुको माग थियो । नगरसभामा मेयरले समिक्षाको तयारी गरेको थिएन । समिक्षाको तयारी नभएपछि सभा २१ गतेसम्मको लागि स्थगित गरिएको थियो ।

त्यसपछि बसेको नगरसभाको तेस्रो दिनमा मेयरको तर्फबाट उपमेयर गीता सत्यालले समिक्षा भनि प्रस्तुत गरेको प्रस्तुतीमा न चालू आर्थिक वर्षको प्रगतिविवरण थियो, न योजना सम्पन्न भएको, न कठिनाई, न समस्या, न नीतिगत वा कानूनी समस्या, काार्यान्वयनको समस्या केही पनि थिएन। उपमेयरको प्रस्तुतीमा कार्यक्षेत्रगत विकास कार्यक्रम संशोधित बजेट, वास्तविक खर्च र अनुमानित खर्च र जम्मा खर्च बाहेक केही पनि उल्लेख गरिएको थिएन। यो त समिक्षाको नाउँमा झारो टार्ने बाहेक केही भएन, बोलीमा स्मार्ट र व्यवहारमा हुचुवा मेयरको ताल यस्तै हो। न कसैलाई विश्वास गर्दछ, न कसैले भनेको नै सुन्छ भनेर नगरसभा सदस्यहरुबीच कुराकानी गरिरहेका थिए।

यस विषयमा मेयर महर्जनसंग कुराकानी गर्दा प्रक्रियागत ढिलाई, सार्वजनिक खरिद ऐन, र लकडाउनले गर्दा बोलेको कुरो पुरा नभएको उल्लेख ललितपुरलाई स्मार्ट सिटी बनाएर छाड्ने बताए। उनले कार्यलाई अघि बढाउने कर्मचारीले आलटाल गर्ने, ऐन नियम बाधकले गर्दा अपेक्षाकृत काम गर्न नसकेको पनि बताए।