NRNA अफ्रिका: टोगोमा छ महिना देखि अलपत्र छ नेपालीको उद्दार

Hollywood Khabar March 30,2018 Comments

कान्तिपुरकर्मी देबेन्द्र भट्टराईको रिपोर्टिङ्गबाट
अमेरिका लग्ने भनेर दलाल द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरु महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीन बहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन।
उनीहरु गत हप्ता नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापा सङ्ग सम्पर्कमा आई उद्दार गरी घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए। उनीहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनीहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो।
थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार, परराष्ट्र मन्त्री, ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई, बिष्णु गौतम र दुतावास परिवार, एनआरएनए सचिब डि बि क्षेत्री, एनआरएनए कि वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे, एनआरएनए सचिबालय काठमाडौं, एनआरएनए नाइजेरिया परिवार र कान्तिपुरका पत्रकार देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन । उनीहरु भोलि बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन ।