कृष्ण के सी/अमेरिका/६/२०/१९
किरात याकथुङ चुम्लुङ क्यालिफोर्नियाद्धारा आयोजित सिसेक्पा तंङनाम अर्थात श्रावण सक्रान्ति जुलाई १३, २०१९ मा हुने भएको छ।
हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार किरात याकथुङ चुम्लुङ क्यालिफोर्नि, अमेरिकाले विगतमा जस्तै यो बर्ष पनि सिसेक्पा तंङनामको आयोजना गरेको छ। श्रावण सक्रान्ति जसलाई नेपालका लिम्बूहरुले सिसेक्पा तंङनाम भनेर परापूर्वकाल देखि नै मनाउने गरेका छन्।
यस बर्ष १३ २०१९ शनिबारका, बिक्रम संवत २०७६ असार २८ गत्ते दिनको १२ बजे देखि साँझ ६ बजेसम्म आयोजना हुने सिसेक्पा तंङनाममा आयोजकहरुले सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्। कार्यक्रम 900 Dornan DrRichmond, CA 94801 मा हुनेछ।
आयोजक मध्येका रोशन लिबाङले हलिउडखबरसँग भने- सिसेक्पा तंङनाम मनाउन लिम्बू या किरात हुनु जरुरी छैन। हामी सम्पूर्ण नेपाली समुदाय मात्र होइन अरु पनि इच्छित सबैले यो पर्व मनाउन सक्छन। नेपाल भित्र मनाइने या सृजित सबै चाड-पर्व हामी नेपाली समुदायका आफ्नै हुन्। त्यसैले यो पर्वमा सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!