-सांकेतिक तस्विर

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु:प्रधानाध्यापकसहित चार शिक्षक पक्राउ 

Hollywood Khabar July 09,2019 Comments

२५ असार,कञ्चनपुर।कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ।भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयकामा गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए।प्रहरीले विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षक यशोदा जोशी,लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन्।