-सांकेतिक तस्विर

सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध 

Hollywood Khabar September 13,2019 Comments

२८ भाद्र बुटवल।बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।शनिबार बिहान सवा ९ बजेबाट पहिरोखस्न थालेपछि पाल्पा, गुल्मी अर्घाखाँची, पोखरा बाग्लुङ जाने सवारी अलपत्र परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराई बताए।शुक्रबार सोही ठाउँमा खसेको पहिराले दुई वटा गाडी पुरिँदा १ जनाको मृत्यु भएको थियो भने, ४ जना गम्भीर घाइते भएका छन् ।