साङ्केतिक तस्बिर ;साभार वेब

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Hollywood Khabar July 10,2019 Comments

२६ असार,नेपालगञ्ज,बाँके।नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिता कुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ।श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको हो।
बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार,विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी हो हल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो। 

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भईसकेको बताएका थिए।सधैँजसो झगडा गर्ने,कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए।