-शिल्पा पोखरेल,छवि ओझा

रेखा थापापछि शिल्पा पोखरेलले पनि छविओझालाई छोड्दै 

Hollywood Khabar July 09,2019 Comments

२५ असार, काठमाडौं ।चलचित्र निर्माता छवि ओझाको चौथो श्रीमती अभिनेत्री शिल्पा पोखरेलले पनि छवि ओझालाई छोड्ने भएकी छन्।अभिनेत्री शिल्पाले श्रीमान् छविबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी समेत् दिएकी छन् ।पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।यस बिषयमा छलफल गर्न दुवै पक्षलाई  बोलाइएको प्रहरीले जनाएको छ ।

निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेल संग २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए।लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाएपनि गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् चलचित्रमा डेब्यु गराएका थिए ।शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन्।तीन जनासँग बिबाह भइसकेका छविराजको रेखा थापा तेस्रो श्रीमती थिइन् ।