-विस्तृत शान्ति सम्झौता गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड

विस्तृत शान्ति सम्झौताको आज १३ वर्ष पूरा

Hollywood Khabar November 20,2019 Comments

५ मंसिर, काठमाडौं ।आज विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा भएको छ।तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य गर्दै २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।विस्तृत शान्ति सम्झौता पछि दशक लामो द्वन्द्व अन्त्य गर्ने सहमति गर्दै तत्कालीन सरकार र विद्रोहीले शान्तिपूर्ण राजनीतिक बाटोबाट मुलुकलाई अघि बढाउने सहमति भएको थियो ।

विस्तृत शान्ति सम्झौता पत्रमा सम्झौताका हस्ताक्षरकर्तामध्येका एक कोइरालाको निधन भइसकेको छ  भने तत्कालीन विद्रोही समूहका प्रचण्ड एमालेसँग पार्टी एकीकरण गरेर  नेकपाका अध्यक्ष छन् ।विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार  तत्कालीन जनसेनाको हतियार व्यवस्थापन तथा समायोजनको काम सकिइसकेको छ भने संविधानसभा निर्वाचनबाट देशले नयाँ संविधान पनि पाइसकेको छ ।विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सहमति भने अझै कार्यान्वयनमा आउन सकेको छैन भने  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् ।यी दुई आयोग महिनौंदेखि नेतृत्वविहीन अवस्थामा छन् ।