-Nepal Police IGP Shailesh Thapa

शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं आइजिपी नियुक्त

Hollywood Khabar July 06,2020 Comments

नेपाल सरकारले शैलेश थापा क्षेत्रीलाइ नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा नियुक्त गरेको छ। जुलाई ७, २०२० मा बसेको मन्त्रिपरिषद् बैठकले थापालाइ २८ औं आइजिपीमा नियुक्त गरेको हो।

आइजिपी ठाकुर ज्ञवालीको कार्यकाल सकिन एकदिन बाँकी छँदा सरकारले थापा क्षेत्रीलाई प्रहरी नियमावलीको परिच्छेद ४ दफा ४१ अनुसार बढुवा गर्दै आइजिपी बनाएको हो। थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व समाल्नेछन्। भक्तपुर कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक बनेर नेपाल प्रहरीमा प्रवेश गरेका थिए। उनि पूर्व डिआइजी शम्भु थापाका छोरा हुन्। समालोचकहरुले नेपाल प्रहरीमा उनी दाग नलागेका अफिसर मानेका छन्।