-नेपाली सेना

शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्यो

Hollywood Khabar September 16,2019 Comments

१अशोज,काठमाडौं ।नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले  सिपाहीको प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल  सिपाहीले मासिक १०२९ अमेरिकी डलर प्राप्त गर्छन्पाउने गरेका थिए । भत्ता बढाइएपछि अब उनीहरुले प्रति महिना अमेरिकी डलर १११४ पाउनेछन्। 
 
तेस्तै गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ।प्रमुख सेनानीले  महिनामा १३७८ अमेरिकी डलर पाएकोमा अव १३९९ डलर पाउनेछन्। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने सेनाले जनाएको छ।सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले 'सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा भत्ता वृद्धि गरिएको बताए। 
 
राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्। नेपाली सेना सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको हो।