-पोखराको फेवाताल

सेल्फी खिच्दा फेवातालमा खसेर एक बेपत्ता

Hollywood Khabar December 09,2018 Comments

२४ मंसिर पोखरा।सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन्।काठमाडौंबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुङ्गामा सयर गर्ने क्रममा लाइफ ज्याकेट खोलेर सेल्फी खिच्दै तालमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ।सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले तालको बिचमा पुगेपछि ज्याकेट खोलेर सेल्फी खिच्न लाग्दा  डुङ्गाबाट खसेर बेपत्ता भएको   कास्की प्रहरी प्रमुख ओम रानाले बताए। रोशन आफ्नी दिदि रोशनी संग आईतबार  मात्रै पोखरा आईपुगेका थिए ।