-तस्विर वेब

साउदी युवराज सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरे

Hollywood Khabar February 16,2019 Comments

६ फागुन काठमाडौं।साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् ।दुईदिने पाकिस्तान भ्रमणमा पुगेका सलमानले ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलरको लगानी पनि समावेश भएको  बीबीसीले जनाएको छ ।पाकिस्तान पुगेका युवराजले पाकिस्तानको भविष्य उज्ज्वल भएको भन्दै पाकिस्तानमा साउदीको  लगानीको पहिलो कदमका रुपमा २० अर्ब डलरको सम्झौता गरेको बताए।साउदी युवराज जब पाकिस्तान पुग्दा उनको स्वागतका लागि प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्टमा उपस्थित थिए ।