-वैदेशिक रोजगार

साउदी दूतावासको संलग्नातामा भएको अवैध अन्तर्वार्तामा विभागले छापा मार्‍यो 

Hollywood Khabar June 18,2019 Comments

४असार,काठमाडौं।साउदी दूतावासका कर्मचारीको संलग्नतामा अनुमतिबिना भइरहेको अन्तवार्ता स्थलमा वैदेशिक रोजगार विभागले छापा मारेको छ।विभागले कामदार विदेश लैजान विभागसँग पूर्वश्रम स्वीकृति र कामदार छनोटको अन्तवार्ताका लागि पनि अनुमति नलिई नेपालस्थित साउदी दूतावासका कर्मचारीसमेत संलग्न रहेको बत्तिसपुतलीमा भएको अन्तरवार्तामा विभागले छापा मारेको हो।सिनामंगलस्थित मिता म्यानपावरले अवैध अन्तरवार्ता चलाइरहेको विभागले  जनाएको छ। अन्तरवार्तामा प्रहरीसहित पुगेको विभागले कागजात नियनत्रणमा लिएर करिब ११ सय कामदारको अन्तवार्ता रोकेको छ।साउदीको एसजीएस कम्पनीका लागि ५३ जनाको लागि मात्रै स्वीकृति लिएर ठूलो संख्यामा कामदार छनोट गर्ने गरी अन्तवार्ता चलिरहेको भेटिएको हो ।