NRNA NCC USA: सत्य नारायण चौधरी बोर्ड सदस्यका आकांक्षी

NRNA NCC USA:इलेनोइ च्याप्टर अध्यक्ष सत्य नारायण चौधरी बोर्ड सदस्यका आकांक्षी

Hollywood Khabar March 14,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा इलेनोइ राज्य च्याप्टरका अध्यक्ष सत्य नारायाण चौधरी बोर्ड सदस्यका लागि उम्मेदवार भएका छन्।

नेपालको उदयपुर जिल्लामा जन्मेका सत्य नारायण चौधरी २००८ देखि अमेरिका आएका हुन् र हाल उनी सिकागोमा बस्दै आएका छन्। चौधरीको बौद्धिकता कै कुरा गर्दा उनले Colorado Technical University बाट Healthcare Management and Leadership मा Doctorate गर्दैछन। पेशाले Northwestern University को Feinberg School of Medicine मा Clinical Research Associate को रूपमा कार्यरत छन।

एनसीसी अमेरिकाको इलेनोइ राज्य च्याप्टरमा २०१५-२०१७ मा सचिव र २०१७-२०१९ को लागि अध्यक्ष भएर काम गरेका चौधरी एनआरएनको नेतृत्वको लागि राम्रो संभावित व्यक्ति पनि हुन्। उनको च्याप्टरले आफ्नो दुइ कार्यकालमा गरेर २०/२५ भन्दा धेरै सार्वजनिक कार्यक्रमहरु सम्पन्न गरेको छ।

त्यसभन्दा अरु थुप्रै पब्लिकमा नआएका कामहरू जस्तै सिकागोको ओहेयर एयरपोर्टमा नेपाली झण्डा राख्न सम्बन्धित अधिकारीलाई पत्राचार गर्ने, नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन नेपालीहरूको हस्ताक्षर संकलन गरी सेक्रेटरी अफ स्टेट्सलाई पत्र लेख्ने, बुद्ध जयन्तिको दिनलाई नेपाल डे घोषणा गरियोस् भनी सिकागोका मेयरलाई पत्राचार गर्ने, स्टेट अफ इलेनोइका मानवसंसाधन ब्यबस्थापक (Human Resource Manager) मार्फत् इलेनोइबासी नेपालीहरूलाई माईरोरिटी ग्रूप अन्तर्गत सरकारी जागीर सोवामा प्रवेश गराउन वर्कसप गर्ने, सिनेटर अफिसमा डेलिगेसन गई टिपीएस रिन्यू गर्न ज्ञापन पत्र दिने जस्ता कैयन कामहरू भएका छन्।

चौधरीले हलिउडखबरसँगको कुराकानीमा भने- यो संस्था हामीलाई मन पर्ने या नपर्ने भन्ने कुरा आफैले होइन यसलाई अझै सुधारेर लैजाने ठाउँ छ। थुप्रै मान्छेहरुले कम्प्लेन गर्यो भनेर उसै बस्ने होइन, उनीहरुका कुराहरु सुनेर कतै उपयुक्त विकल्प पो छ कि भनेर मौका दिनुपर्छ। अरुको विचार र क्षमतालाइ या त्यस्ता व्यक्तिहरुलाई त्यसै अनुरुप जिम्मेवारी पनि दिनुपर्छ तवमात्र नजिता राम्रो आउँछ। नेतृत्वले सँस्थाको भलाइको लागि अरुको बुद्धि, सिपकला र क्षमता लिन सक्नुपर्छ भन्ने मेरो बुझाइ हो।

मैले दुइ-दुइ पटक च्याप्टरमा काम गरे, अब जाने भनेको एक तह माथि हो। त्यसैले यो पटक एनसीसी बोर्ड सदस्यमा प्रयास गरेको हो। यदि मैले जिते भने एउटा मात्र काम गर्न प्रयास गर्नेछु भएन भने प्रेशर पनि गर्नेछु, त्यसको लागि नै लागि परिरहन्छु कार्यकालको अन्तसम्म-त्यो भनेको संस्थालाई सम्मानित बनाउन सबैको कुरा सुन्ने, संस्थाको बारेमा कम्प्नेल गर्नेलाई नै उनीहरूको क्षमता अनुसारको काममा समावेश गराई राम्रा कामको गति दिने र आफ्नो होइन आम नेपाली समुदायको काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो, चौधरीले भने।