-सांकेतिक तस्विर

ट्रकमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु 

Hollywood Khabar July 08,2019 Comments

२५,असार कावासोती।नवलपरासीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ।नवलपरासीको मध्यविन्दु नगरपालिमा ना६ख ५२०७ नम्बरको ट्रकमा लु२२प २८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो । २७ वर्षीय मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।