तस्बिर वेब

सरकारी छाप किर्ते गरेको आरोपमा राजपाका पूर्वसभासद पक्राउ

Hollywood Khabar April 17,2019 Comments

५ वैशाख,राजविराज ।प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपभोक्ता समिति गठन गरिएको आरोपमा पूर्व सांसद एवं राजपा नेपालका केन्द्रिय सदस्य वीपी यादव र राजपा नेपालका केन्द्रिय सदस्य हरीनारायण मण्डलन पक्राउ परेका छन्।सप्तरीका एसपी राजेन्द्र बिष्टका अनुसार किर्ते प्रकरणमा यादवको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका हुन्। 

यादव पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालाबाट समानुपातिक सभासद् थिए।रातो पासपोर्ट काण्डमा मुछिएका उनी अहिले राजपा नेपकाका केन्द्रिय सदस्य छन् । किर्ते काण्डमा संलग्न अन्यको खोजी भइरहेको बिष्टले बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समिति मार्फत बैंक खातासमेत खोलिएको पाइएको भेटिएको थियो।गाउँपालिकालाई थाहै नदिए समिति बनाएर केही दिनअघि काम सुरु हुन थालेपछि स्थानीय बासिन्दा कुन निकायबाट भइरहेको हो भन्ने बुझ्न गाउँपालिका कार्यालय पुगेका थिए।गाउँपालिकाले पनि जानकारी नरहेको बताए पछि खोजी सुरु भएको थियो।त्यस क्रममा गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाइएको र त्यसैका आधारमा राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा सम्झौता भएको खुलेको हो ।