-सरिता गिरीलाइ समाजवादी पार्टीको साधारण सदस्य र संघिय सांसदबाट हटाउने निर्णय

सरिता गिरीलाइ समाजवादी पार्टीको साधारण सदस्य र संघिय सांसदबाट हटाउने निर्णय

Hollywood Khabar July 06,2020 Comments

समाजवादी पार्टीले नेपालको संघिय सदनकी सांसद बनेकी तर भारतको ओकालत गर्ने सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ। जुलाई ७, २०२० मंगलबार सो पार्टीको पदाधिकारी बैठकले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकाले निष्कासन गर्ने निर्णय विज्ञप्ति दिएको छ।

गिरीले नेपाली कालापानी लगायतको भूमी भारतको हुनुपर्छ भनेर संसदमा हिन्दी भाषामा ओकालत गर्ने गरेकी थिइन। समाजवादी पार्टीले अन्य पार्टीसँग सहमत भएर सो भूमी नेपालको हुनुपर्नेमा साथ थिएको थियो। हरेक बोलीमा भरतको नून मिसाएर बोल्ने गिरी यो पटक भने कारबाहीमा परेकी छन्।

तर एक राजनैतिक विश्लेषकले टिप्पणी गरे, उनि नेपालकी थिइनन, भइनन र हुनेवाला पनि छैनन्। भारतीय दूतावासको चटनी चाट्न पल्केका नेपाली राजनैतिक क्षेत्रको ठूलो जमातले यो बिषय भन्दा पनि समाजवादी पार्टीले कति दिन टिकाउल भन्ने टिप्पणी गरेका छन्।