रकस्टार सरस्वती लामा हङकङमा धमाका मच्चाउन ब्यस्त

Hollywood Khabar September 21,2017 Comments

कृष्ण के सी/अमेरिका
रक गीतमा जम्दै गएकी गायीका सरस्वती लामाको पछिल्लो स्टेज सो यात्रा हङकङमा पुग्दा धमाका नै धमाका भएको छ। १७ सेप्टेम्बरबाट सुरु गरेको गायिका लामाको गायन कार्यक्रम २१ सेप्टेम्बर पुग्दा भिभ्न्न स्थानमा ४ वटा छुट्टा-छुट्टै सांगेतिक कार्यक्रम आयोजना भएका छन् भने अरु २ वटा यसै हप्ता हुँदै छन्।
पहिलो कार्यक्रम हङकङ नेपाली महासंघको आयोजनामा भएको थियो। त्यसपछि हङकङ तामाङ इन्भेस्टमेन्ट ग्रुपले लामाको लागि एकल साँझ नै आयोजना गर्यो। बाँकी कार्यक्रम अन्य फरक फरक समुदायहरुले आयोजना गरेका हुन्।
लामाको चर्चित गीत उडिजाने हावाले र उर्वसीले हङकङका नेपालीहरुलाई खुबै नचाएको छ, स्टेज तताएको छ। हङकङका नेपाली समुदायसंग उत्साहित भएकी लामाले सम्पूर्ण आयोजक, समर्थक र आफ्ना दर्शक श्रोताहरुलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको छ।
बिशेष गरी हङकङ नेपाली महासंघ जसले हङकङ आउने बातावरण बनायो र हङकङ तामाङ इन्भेस्टमेन्ट ग्रुपलाइ हसले एकल साँझको आयोजना गर्यो दुवै सँस्थाहरुलाइ हृदय देखिको धन्यवाद ज्ञापन गर्नुभएको छ।