-सप्तकोशी नदीमा पानीको बहाव

सप्तकोशी उर्लियो उच्च सतर्कता अपनाउन आग्रह 

Hollywood Khabar July 11,2019 Comments

२८ असार,काठमाडौं ।सप्तकोशीले शनिबार विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ।शनिबार सप्तकोशीमा पनि चेतावनी सूचक घण्टी बजाईएको बाढी सूचना केन्द्रले जनाएको छ ।केन्द्रले पानीको बहाब अझै बढ्न सक्ने भन्दै सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको  छ ।

बाढी पूर्वानुमान शाखाले  कमला नदीप्रभावित क्षेत्र धनुषा - तित्तरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनेहरुलाई शनिबार दिनभर आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान पनिआग्रह गरेको छ ।