-अभियानको शुभारम्भ गर्दै सांसद बस्नेत।

सांसद बस्नेतले भक्तपुरबासीको ढोकामा सिंहदरबार पुर्याए 

Hollywood Khabar February 14,2019 Comments

३,फागुन,भक्तपुर।भक्तपुरको बिकाश मार्फत सरकारको शिर उच्च राख्दै आएका पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले भक्तपुरबासीको ढोका ढोकामा सिंहदरबार पुर्याएर सेवा दिएका छन्।सांसद बस्नेतले भक्तपुरको गुन्डुस्थित  सुर्यविनायक नगरपालिका वडा न. ७  मा शुक्रबारबाट  एकीकृत घुम्ती सेवा राखेर सिंहदरबार बिर्साउने गरि सेवा प्रवाह गरेका हुन्।सांसद बस्नेतले सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्न र सुशासनको प्रत्याभुती दिलाउने उदेश्यका साथ अभियान संचालन गरिएको भन्दै  सदरमुकामका सम्पूर्ण सरकारी निकायबाट प्रदान गरिने सेवा स्थानीयको दैलोदैलोमा पुर्याएर सेवा दिएका हुन्।

सांसद बस्नेतलेअभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्ने गरि हरेक महिनाको पहिलो शुक्रबार राज्यका तिनै तहका प्रतिनिधिहरुको सहभागितामा फरक फरक वडामा कार्यक्रम संचालन गरिने बताए।सांसद बस्नेतले अभियाले सेवाग्राही स्थानिय र जनप्रतिनिधीबीच सौहार्दता बढ्नुका साथै प्रशासनिक झमेला, ढिला सुस्ती र भ्रस्टाचार अन्त्य गर्न प्रभावकारी भूमिका खेल्ने बताए।कार्यक्रममा जिल्ला समन्वय भक्तपुरको तफॅबाट एम्बुलेन्स हस्तान्तरणगरिएको थियो।

शिविरबाट स्थानिय नागरिकले दैलोबाटै सेवा लिएका थिए।शिविरमा सेनाको वीरदल गणको व्यवस्थापनमा प्रहरी लगायत अन्य सरकारी निकायका कर्मचारी सेवामा खटिएका थिए।अभियानअन्तर्गत सिफारिस ,अंशबण्डा,नागरिकता,जन्म दर्ता तथा स्वास्थ्यसेवा,रक्तदानका साथै चियापान र सांस्कृतिक गतिविधि समेत राख्दा  सिंगो गाउँका बासिन्दा  फुरफुर भएका थिए।