Picture by Krishna KC 2013 Teej Special

सन्नी सगरमाथा समाजको तीज कार्यक्रम सेप्टेम्बर ८ सन्निभेलमा हुँदै

Hollywood Khabar September 02,2018 Comments

कृष्ण के सी/अमेरिका
सन्नी सगरमाथा समाजले बिगत देखि नै हरेक बर्ष तीज कार्यक्रको आयोजना गर्दै आएको छ। यस बर्ष पनि सेप्टेम्बर ८, २०१८ शनिबारका दिन समाजको तीज कार्यक्रम सांझ ५ बजे देखि सुरु हुने भएको छ।

यो पटक सान नेपाली सर्कल र सन्नी सगरमाथा समाजको सहकार्यकमा यो कार्यक्रम आयोजना गरिएको कुरा आयोजकहरुले बताएका छन्। कार्यक्रम संयोजक बिन्दु सापकोटाका अनुसार कार्यक्रममा स्थानिय कलाकार र आयोजक बिशेष मनोरंजनात्मक प्रस्तुति हुनेछन। साथमा डिजे रोहितको डिजे धमाका हुनेछ। तीज गीतका लागि योगदान गर्ने श्रष्टाहरुलाई बिशेष स्मरण समेत गरिने कुरा सापकोटाले बताउनु भयो।

कार्यक्रम:  
New Sansar Indian Cuisine and Banquet Hall, 1214 Apollo Way Suite # 404 Sunnyvale CA 94085
सेप्टेम्बर ८ तारिक सनिबार
समय: बेलुका ५ बजे बाट
शुल्क: काखे नानीबाबु बाहेक सबैलाई $२५