आन्दोलित निजामती कर्मचारीहरु

संघीय सरकारबाटै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सरुवा गर्न माग

Hollywood Khabar February 14,2019 Comments

४ फागुन काठमाडौँ।नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो।

सङ्घका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका कर्मचारीलाई सङ्घीय सरकारबाट नै खटनपटनमा रहने गरी सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न आग्रह गरिएको छ।

हालको स्वास्थ्य सेवाका कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीको वृत्तिविकासका अवसरहरुमा एकरुपता नभएको, सरुवा तथा बढुवाको अवसर साँधुरो भएको र कर्मचारीको मनोबल कमी हुँदै गएको विज्ञप्तिमा जनाइएको छ।